Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

आज पनि संसद् अवरुद्ध गर्ने रास्वपाको निर्णय

आज पनि संसद् अवरुद्ध गर्ने रास्वपाको निर्णय

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । रास्वपाले आज पनि संसद् अवरुद्ध गर्ने भएको छ । आज बिहान बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको गठन नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

तर, उक्त समिति झारा टार्ने मात्र भएकाले वैरागीको नेतृत्वको समिति स्वीकार्य नहुने र पूर्वन्यायाधीशको नेतृत्वमा बन्नुपर्ने रास्वपाको अडान छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा आफ्नो विदेश भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077