Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रधानमन्त्री ओलीले संसद्मा गराए स्पेन भ्रमणको जानकारी

प्रधानमन्त्री ओलीले संसद्मा गराए स्पेन भ्रमणको जानकारी

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणमा जाने कार्यतालिकाबारे जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा ओलीले स्पेन भ्रमणको तालिका र भेटघाट तथा अन्य कार्यक्रमबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा २१ जना सदस्य रहेको उनले बताए।

ओलीले भने, ‘मेरो नेतृत्वमा जाने हाम्रो भ्रमण टोलीमा २१ जना सहभागि हुनेछौं। यो संख्यामा स्पेन स्थित नेपाली राजदूत र न्युयोर्क स्थित आवासीय प्रतिनिधि समेत हुनुहुनेछ। परराष्ट्र मन्त्रालयका सचिवसहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा हुनुहुन्छ। प्रधानमन्त्रीको मुख्य सल्लाहकार सहित स्वकीय सचिवालयका आवश्यक व्यक्तिहरुको संलग्नता छ।’

स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजोन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री ओली सेभिल्ला जान लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077