Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रधानमन्त्री ओलीको चेतावनी - हामी मिसन–८४ मा अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब हुन्छ

प्रधानमन्त्री ओलीको चेतावनी - हामी मिसन–८४ मा अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब हुन्छ

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन् ।

जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कंकालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाबकिताब गरिने बताए ।

“हामी अर्जुनदृष्टिका साथ मिसन–८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन”, अध्यक्ष ओलीले भने, “हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।”

पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्किने तयारी गरिरहेका बेला अध्यक्ष ओलीको सो धारणा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077