Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कम्युनिष्ट आन्दोलन दिशाहीन बन्दै गयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड

कम्युनिष्ट आन्दोलन दिशाहीन बन्दै गयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको कम्युनिष्ट आन्दोलन दिशाहीन बन्दै गएको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनभित्र राजनीतिक, सैद्धान्तिक, व्यावहारिक र सांस्कृतिक विचलन चुलिंदै गएको गम्भीर टिप्पणी गरे ।

“कम्युनिस्ट पार्टीको सुरुआत जुन समर्पण, त्याग र तपस्याबाट भएको थियो, अहिले त्यो भावना हराउँदै गएको छ,” अध्यक्ष प्रचण्डले भने, “आजभोलि सबै ठाउँमा पद, स्वार्थ र प्रतिष्ठाको निम्ति तँछाडमछाड देखिन्छ। यो प्रवृत्ति बढ्दै गए कम्युनिष्ट आन्दोलनले देखेको सपना अधुरै रहनेछ।”

उनले पार्टीभित्रको पछिल्लो केन्द्रीय समिति बैठकमै पदको लोभ र व्यक्तिगत स्वार्थको प्रदर्शन बढी भएको स्वीकार गर्दै चिन्ता व्यक्त गरे। “हिजो वर्गमुक्तिका निम्ति समर्पणको भावना थियो, आज त्यो खडेरी परेको छ,” उनले भने।

प्रचण्डले आदर्श, निष्ठा र जनसेवाको मार्गमा कम्युनिष्टहरूले पुनः आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । उनले विचार, मुद्दा र वर्गप्रति समर्पण गर्ने ऐतिहासिक जिम्मेवारी अहिलेको नेतृत्वमा कमजोर देखिएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077