काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् ।
शनिबार बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर डा. भट्टराईले औपचारिक रूपमा हस्ताक्षर गर्दै अभियानलाई समर्थन जनाएका हुन् ।
रास्वपाले सभापति रवि लामिछानेमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै जनदबावका लागि हस्ताक्षर अभियान चलाइएको छ ।
रास्वपाले हालसालै सार्वजनिक सरोकारका विषयमा नागरिक हस्तक्षेप र दबाब सृजना गर्न सुरू गरेको यो अभियानमा भट्टराईको सहभागिताले थप राजनीतिक सन्देश दिएको छ ।