Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । राष्ट्र ऋण उठाउने विधेयक, २०८२ शनिबार ९असार १४० प्रतिनिधिसभाबाट बहुमतले पारित गरिएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमाथिको छलफलका क्रममा उठाइएका प्रश्नको जवाफ दिँदै उनले उत्पादन, उत्पादकत्व वृद्धि र विकास तथा समृद्धिको आकांक्षा पूरा गर्न ऋण लिन आवश्यक रहेको बताए । पुँजीगत खर्चका निम्ति मात्र ऋण लिनुपर्ने भनेर सदनबाट प्राप्त सुझाव ग्रहणयोग्य रहेका उनले उल्लेख गरे ।

“उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि ऋण लिने हो । चालु आर्थिक वर्षको र आगामी आर्थिक वर्षको बजेटको स्रोत हेर्ने हो भने आन्तरिक राजस्वले व्यहोर्ने खर्चको दायित्व बढाएर प्रस्ताव गरिएको छ । ऋणबाट व्यहार्ने खर्चको दायित्व घटेको छ,” उनले भने । विगतको ऋणको साँवाब्याज तिर्न बढी रकम खर्च हुने गरेको उनले बताए ।

उक्त विधेयकमाथिको छलफलको क्रममा सांसद डा। प्रकाशशरण महतले सार्वजनिक ऋण बढ्दै जानु र त्यस्तो रकम पुँजी निर्माणमा खर्च हुन नसक्नु गम्भीर समस्याका रूपमा रहेको बताए ।

राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि परेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077