Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित

प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित गरिएको छ । शनिबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

विधेयक बहुमतले पारित गरिएको हो । बैठकमा आर्थिक विधेयक, २०८२ उपर प्राप्त संशोधनमाथि छलफल गरिएको थियो । छलफलमा उठाइएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नगरिएको बताए ।

करको दायरा विस्तार, राजस्व चुहावट नियन्त्रण, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउनेलगायत विषय आर्थिक ऐनको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

हरेक वर्ष राजस्वका दर हेरफेर गर्दा लगानीकर्तालाई समस्या पार्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नीतिगत स्थिरतामा जोड दिइएको अर्थमन्त्री पौडेलले बताए । आर्थिक विधेयक, २०८२ माथि परेका सबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077