Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

विद्या भण्डारीले ‘बम’ पड्काउनुहुन्छ भनेर सपना देख्नेहरू छन्, पूरा हुनेवाला छैन : प्रधानमन्त्री ओली

विद्या भण्डारीले ‘बम’ पड्काउनुहुन्छ भनेर सपना देख्नेहरू छन्, पूरा हुनेवाला छैन : प्रधानमन्त्री ओली

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी 'ध्वस्त' हुने सपना नदेख्न आग्रह गरेका छन् ।

शनिबार जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

उनले केही विरोधीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा फर्कने कल्पनासँगै एमालेमा बम पड्किने भ्रम पालेको टिप्पणी गरे ।

आज पूर्वराष्ट्रपति भण्डारीले एमाले राजनीतिमा फर्कने घोषणा गर्ने आङ्कलनमा उनले यसै कार्यक्रममा एमाले ध्वस्त हुने भनेर सपना देख्नेप्रति लक्षित गरेर उक्त कुरा बताए ।

“विद्या भण्डारीले बम पड्काउनुहुन्छ, एमाले ध्वस्त हुन्छ भनेर सपना देख्नेहरू छन्,” उनले भने, “तर त्यो सपना पूरा हुनेवाला छैन। कुनै बम, बारुद, गोला पड्किने छैन – आशा नगरे हुन्छ। आशा पनि कस्ताकस्ता!”

प्रधानमन्त्री ओलीले एमाले केवल मदन भण्डारीको विचार ‘जबज’ जप्ने पार्टी नभई त्यसलाई व्यवहारमा उतार्ने पार्टी भएको दाबी गर्दै विरोधीलाई व्यंग्यात्मक जवाफ दिएका थिए । उनले एमाले अहिले पनि एक रहेको र पछि पनि एक हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077