Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एमाले राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा

एमाले राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्। 

मदन जयन्तीका अवसरमा भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी हुन्।

भण्डारी पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने आफूले पार्टी सदस्यता नवीकरण गरेको बताइन्।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ उनले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077