Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एमालेमा गुटबन्दी अन्त्य हुनुपर्छ : लेखराज भट्ट

एमालेमा गुटबन्दी अन्त्य हुनुपर्छ : लेखराज भट्ट

शनिवार , आषाढ १४, २०८२

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा सुदूरपश्चिम प्रदेश प्रमुख लेखराज भट्टले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनले आज सुखडमा ‘जनतासँग जबजको सान्दर्भिकता’ विषयमा आयोजना गरेको विचारगोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने र एकता कायम गर्नुपर्नेमा बताए । उनले एमाले कमजोर हुँदा देश विकासका गतिविधि प्रभावित हुने बताए।

सचिव भट्टले भने, “हामीले जनताको बहुदलीय जनवाद भनिरहेका छौँ तर त्यसलाई व्यवहारमा उतारेका छौँ या छैनौँ समीक्षा गर्नुपर्ने बेला भएको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077