Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

महाकालीमा पानीको बहाब बढ्यो, चारपांग्रे सवारीसाधन आवतजावतमा रोक

महाकालीमा पानीको बहाब बढ्यो, चारपांग्रे सवारीसाधन आवतजावतमा रोक

आइतवार , आषाढ १५, २०८२

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपांग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

‘महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ,’ उनले भने, ‘शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारीसाधनमा रोक लगाइएको हो ।’

यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077