Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

देउवा निवास बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

देउवा निवास बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको आज पदाधिकारी बैठक बस्दैछ । बैठक अहिले बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास (बुढानीलकण्ठ) मा बस्न लागेको हो ।

पदाधिकारी बैठकले सोमबार सुरु हुने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डालगायत विषयमा छलफल गर्ने बताइएको छ ।

गत फागुन १ गते बसेको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले चैत मसान्तसम्म तरुण दल, नेविसंघ, महािला संघ, थारु संघ, किसान संघ र लोकतान्त्रिक खेलकुद संघलाई महाधिवेशन गर्न निर्देशन दिएको थियो। तर यीमध्ये कुनैले पनि अझै अधिवेशन गर्न सकेका छैनन् ।

सोमबारदेखि हुने कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीका भ्रातृ संस्थाका तदर्थ समितिको पदावधि थप्ने वा ती भंग गर्ने, निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077