Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एमालेका मुख्य सचेतकको प्रश्न–वकिलहरु पद पाउनेवित्तिकै जे पनि गर्छन् भन्ने मानक स्थापित गर्न खोज्या हौं हामीले ?

एमालेका मुख्य सचेतकको प्रश्न–वकिलहरु पद पाउनेवित्तिकै जे पनि गर्छन् भन्ने मानक स्थापित गर्न खोज्या हौं हामीले ?

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश पदमा नियुक्त नहुन सुझाव दिएका छन् ।

पोखरेलले विगतमा सक्रिय राजनीति गरेको र व्यापारिक घरानाबाट प्रभावित हुने गरेको भन्दै बर्तौलाले न्यायाधीश नबन्न सुझाव दिएका हुन् ।

संसदीय सुनुवाइ समितिको बैठकमा पोखरेलका योजना सुनेपछि आफ्ना धारणा राख्दै बर्तौलाले न्यायाधीश बन्ने प्रक्रियाबाट अलग हुन सुझाव दिएका हुन् ।

बर्तौलाले भने–‘मेरो व्यक्तिगत मत के हो भने यो प्रक्रियाबाट तपाईं अलग्गिनु राम्रो हुन्छ । तपाईं योभन्दा अगाडि नजाने गरी बाहिरिनुस् यो मेरो व्यक्तिगत सुझाव हो ।’

त्यसअघि बर्तौलाले पोखरेल व्यवसायिक घरानाको प्रतिनिधित्व गर्दै एक बैंकको सञ्चालक समेत बनेको पाइएको बताएका थिए ।

उनले भने–‘तपाईं विशेष गरी राजनीतिक आवरणबाट विभिन्न भूमिकामा, जिम्मेवारीमा रहनु भए पनि विशुद्ध तपाईंको हृदय चाहिँ केही चर्चित व्यवसायिक घरानाबाट अलि बढी प्रभावित भएर हिँड्नु हुन्छ भन्ने तपाईंमा प्रश्न छ । यो कानून वृत्तमा पनि, न्यायिक क्षेत्रमा पनि, व्यवसायिक क्षेत्रमा त्यो कुरा तपाईंका बारेमा लाउँछन् ।’

हरिकृष्ण कार्की कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमा हुँदा तत्कालीन सर्वोच्च बारको अध्यक्ष रहेका पोखरेलले कार्की माथि प्रश्न उठाएको र आफूले व्यवसायिक हितका लागि काम गर्छु भनेर बोलेको स्मरण समेत बर्तौलाले गरे ।

बर्तौलाले फेरि प्रश्न गर्दै भने–‘प्रस्तावित न्यायाधीश हुनेवित्तिकै खुट्टा उचालेर, लौ हुन्छ भनेर, ७ महिना अघि गरेको कमिटमेन्ट फ्याँकेर, च्यातेर हिँड्न मिल्छ ? यदि तपाईं त्यो च्यातेर हिँड्नु हुन्छ भने भोलिको दिनमा न्यायिक क्षेत्रमा विचलन आउँदैन भन्ने कुराको सुनिश्चितता कसरी हुन्छ ? त्यतिमात्र होइन, आज वकिलहरु पद पाउनेवित्तिकै जे पनि गर्छन् भन्ने मानक स्थापित गर्न खोज्या हौं हामीले ?’

पोखरेलले भने सुनुवाइ समितिको बैठकमा आफ्ना योजनाको प्रस्तुति दिँदै यदि सर्वोच्चको न्यायाधीशमा अनुमोदित भए राजनीतिक पहिरन छाड्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077