Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कृषि मन्त्री भन्छन् – हिलोबाट तर्किएर देश बन्दैन, देश बनाउन हिलोमा पस्नैपर्छ

कृषि मन्त्री भन्छन् – हिलोबाट तर्किएर देश बन्दैन, देश बनाउन हिलोमा पस्नैपर्छ

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् ।

आज असार १५ अर्थात २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिलोबाट तर्किएर देश नबन्ने बताएका हुन् ।

सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच विकास भइरहेको भन्दै यस्तो सोच राख्न नहुने उनले बताए ।

उनले भने–‘सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ । तर वास्तवमा हामी जबसम्म हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन ।’

अनुसन्धान गर्दै, परिष्कृत गर्दै धान बालीलाई अघि बढाउन सके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको अधिकारीले बताए ।

मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताउँदै उनले असार र साउनमा मलको धेरै समस्या हुने हो की भन्ने चिन्ता लागेका बताए ।

मन्त्री अधिकारीले किसानको मागहरू सम्बोधन गर्नेकुरामा सरकार गम्भीर रहेको बताए । दुई वर्षभित्रमा देश धानमा आत्मनिर्भर हुने उनको भनाइ छ ।

स्रोत र साधनको सीमितताका बावजुद किसानका लागि राज्यले उचित ध्यान दिएर काम गर्ने उनको भनाई थियो ।

उनले भने–‘चैते धानको जस्तो स्वादिलो चामल अरु हुँदैन, मैले उत्पादन गर्ने घैया धान र जुम्लाको मार्सी चामलको स्वाद उस्तै हो, हामी दुई वर्षभित्र धानमा आत्मनिर्भर हुन्छौँ, किसानलाई अगाडि बढाउन नेपाल सरकारले प्रतिबद्धता जनाउने मात्रै होइन, आवश्यक काम पनि गर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077