Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रहरीका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई ‘आधारभुत तह’ भनौं : गृहमन्त्री लेखक

प्रहरीका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई ‘आधारभुत तह’ भनौं : गृहमन्त्री लेखक

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवल्दार सम्मलाई ‘आधारभूत तह’ भनेर सम्बोधन गर्नुपर्ने सुझाव पेश गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावहरूबारे छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखक कार्यालय सहयोगीदेखि हवल्दारसम्म ‘आधारभूत तह’ भनेर नयाँ शब्द प्रारम्भ गर्नुपर्ने बताएका हुन् ।

उनले भने–‘प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुँदै हवल्दारसम्मलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नयाँ शब्द प्रारम्भ गरेको छु । प्रहरीको ती कर्मचारीहरुलाई आधारभूत तह भनेर नयाँ शब्द प्रारम्भ गरौं ।’

सबैभन्दा बढी समय डियुटी गर्ने तह जवान हुँदै हवल्दारसम्म नै रहेको बताउँदै गृहमन्त्री लेखकले भने–‘प्रहरीको ठूलो संख्या जवान, हवल्दार लगायत हुनुहुन्छ । सबैभन्दा ज्याँदा सडकमा १२ देखि १६ घण्टा डियुटी गर्ने तह त्यो भएको हुनाले ‘प्यारामिट’ नै त्यही जगमा उभिएको हुँनाले कानूनमा लेख्दा पनि त्यसलाई आधारभूत तह लेखौं । बोलीचालीमा पनि ‘आधारभूत तह’ भनेर प्रयोग गरौं ।’

मन्त्री लेखकले उक्त तहका प्रहरी कर्मचारीहरुको सुविधालाई विशेष केन्द्रमा राखेर प्रहरी ऐन आइरहेको बताए ।

गृहमन्त्री लेखकले भने–‘नेपाल प्रहरी सम्वन्धी कानूनलाई परिमार्जन गरेर राम्रो भन्दा राम्रो कानून बनाउने हामी सबैको एकै उद्देश्य हो । नेपाल प्रहरीको ‘सर्विस ल’ नै यही हो ।’

नेपाल प्रहरीको कानून देशको सबैभन्दा पुरानो मध्येको कानून भएकाले समयसापेक्ष परिमार्जनज गरेर नयाँ बनाउन लागिएको उनले बताए ।

उनले भने–‘नेपाल प्रहरीको कानून यो देशको सबैभन्दा पुरानो मध्येको कानून हो । अहिलेसम्म समयसापेक्ष परिमार्जनज गरेर नयाँ ल्याइएको छैन् । यही अधिवेशनमा प्रस्तुत गर्ने गरेर प्राथमिकता दिएर अगाडी बढाइदिन हुन अनुरोध गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077