काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले निजामती विधेयक च्यातेका छन् ।
आइतबार विधेयकको छलफल कार्यक्रममा भाग लिँदै उनले रोस्ट्रममा विधेयक च्यातेका हुन् ।
तल्ला तहमा कर्मचारी स्थायी नराखी आउटसोर्सिङ गर्ने अवधारणा आएपछि उनले गरिबको पक्षमा विधेयक नभएको बताउँदै विधेयक च्यातेका हुन् ।
निजामती विधेयकपास भएको साक्षी आफू रहन नसक्ने भन्दै उनले रोष्ट्रममै विधेयकको प्रति च्याते ।
उनले भने–‘अब गरिबले लोकसेवा दिन नपाउने ? कित भन्नुपर्यो अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन । पिउनको काम कसैले गर्ने छैन । ड्राइभरको काम कसैले गर्ने छैन । गर्नेछ भने तिनको जीवन जीवन होइन ?’
विधेयकले कमजोर पक्षको सुरक्षा गर्नुपर्नेमा तल्लो तहमा काम गर्नेको सुरक्षा निजामती विधेयकले नगरेको बताए ।
साहले भने–‘तर आज तिन (तल्लो स्तरमा काम गर्ने श्रेणिविहिन कर्मचारी)लाई रुवाउने विधेयक हामीलाई स्वीकार्य छैन । नेपाली जनतालाई रुवाउने कामको साक्षी म बन्न सक्दिन । सांसदहरूलाई पनि नबन्नुहोस् भनेर हाग्रह गर्न चाहन्छु ।’