Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस पार्टी कार्यालमा आमरण अनशन, तरुण दल तदर्थ समिति भंगको माग

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस पार्टी कार्यालमा आमरण अनशन, तरुण दल तदर्थ समिति भंगको माग

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । तरुण दलका असन्तुष्ट समूहले आमरण अनशन सुरु गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि पार्टी कार्यालय सानेपामा आमरण अनशन सुरु भएको हो ।

सोमबारदेखि आयोजना हुने केन्द्रीय समितिको बैठकमा पार्टीले तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको लागि एक पटकका लागि पुनः अवधि थप्ने तयारी गरेसँगै आमरण अनसन सुरु भएको हो ।

विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंगको माग गर्दै आइतबारदेखि आमरण अनशन सुरु गरिएको छ ।

केन्द्रीय कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका हुन् ।

असन्तुष्ट पक्षले वर्तमान समिति भंग गर्नका लागि ६ बुँदे कारण देखाएको छ । सबै तहको निर्वाचन सकिएको तीन महिना हुँदै गत चैत मसान्तसम्मको अवधिसम्म महाधिवशेन गर्न नसकेको असक्षम रहेको बताइएको छ ।

अध्यक्ष गुरुङले तरुण दलको भवन आफूखुसी भत्काएको, गणेशमान सिंह प्रतिष्ठान भवन निर्माणका लागि छुट्याइएको बजेटको गलत प्रचार गरेको लगायतका कारण देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077