Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर संसदबाट बाहिरिए राप्रपाका सांसदहरु

भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर संसदबाट बाहिरिए राप्रपाका सांसदहरु

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण छानबिनको लागि संसदीय समिति नै बन्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले यस मुद्दालाई कुनै दल विशेषको एजेन्डा नबनाएर सबैले साझा एजेन्डाको रुपमा अगाडि लैजानुपर्ने बताए।

भिजिट भिसा प्रकरण आजको विषयमात्रै नभएकाले बताउँदै उनले जरोदेखि टुप्पोसम्मका सबैको छानबिन गर्नुपर्ने माग गरे ।

उनले भने–‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ। संसदमा त एकअर्काप्रति आरोपप्रत्यारोप गरौँला तर नेपाली जनताले चाँही के भन्छन् ? आज दुबई, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदिबहिनीहरूलाई बन्धक बनाइएको छ। ७५ हजारभन्दा धेरैलाई आज दुबईमा बन्धक बनाइएको छ। आज हामीले उनीहरूको चित्कार सुन्नुपर्छ कि पर्दैन ? आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानविन हुनुपर्छ कि पर्दैन ? ती व्यक्तिहरू मन्त्री, प्रधानमन्त्री जो भए पनि कारबारही गर्नुपर्छ कि पर्दैन। त्यसकारण सबै एकठाउँमा उभिएर भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानबिन समिति बनाऔँ।’

उनले सरकारले संसदमा संख्याको आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत आरोप लगाए।

साहीले आफ्नो भनाई राख्ने वित्तिकै राप्रपाका सांसदहरु बैठक वहिस्कार गरेर बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077