काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानून निकै पुरानो भइसकेको भन्दै संसद्को चालू अधिवेशनबाटै पारित गर्ने गरी अघि बढाउन आग्रह गरेका छन्।
आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँगको छलफलका क्रममा मन्त्री लेखकले यस्तो बताएका हुन् ।
प्रहरी संगठनमा रहेको कार्यालय सहयोगी, जवान, हवल्दारलाई तल्लो तहको कर्मचारीको रुपमा बुझ्दै आएकोमा अब शब्द परिवर्तन गरी ‘आधारभूत तह’ भन्ने प्रस्ताव गरिएको पनि उनले बताए। उनले प्रहरी संगठनको आधारभूत शक्ति उनीहरु नै भएकाले आधारभूत तह भन्न खोजिएको बताए।
[insert page='354111' display='yopanipadhnuhos.php']
गृहमन्त्री लेखकले आधारभूत तहमा रहने प्रहरीहरूको सेवा सुविधालाई पनि विशेष केन्द्रमा राखेर ऐन ल्याइएको जानकारी दिए।
उक्त विधेयकमाथि सांसदहरूले ६ सय ४८ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।