काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सम्पर्क समिति समन्वय विभागको सदस्यमा १० जना मनोनीत भएका छन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले उनीहरूलाई आइतबार विभागको सदस्यमा मनोनीत गरेका हुन् ।
देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य नानु बास्तोला प्रमुख रहेको उक्त विभागमा उनीहरूलाई मनोनीत गरेका उनले जानकारी दिए ।
मनोनीत हुनेहरूमा विमला नेपाली (दाङ), दीपक उप्रेती (झापा), जीतबहादुर घिमिरे (काठमाडौं), रामेश्वर पौडेल (भक्तपुर) र किरण पोखरेल (अर्घाखाँची) छन् ।
यसैगरी बद्री ढकाल (कैलाली), कमल काफ्ले (स्याङ्जा), रामप्रसाद ढकाल (धादिङ), छिरिङ लामा (मुगु) र निशा पाण्डे (काठमाडौं) पनि उक्त समितिमा मनोनीत भएका मुख्य सचिव पौडेलले जानकारी दिए ।