Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राष्ट्रपति भइसकेका व्यक्ति पुनः राजनीतिमा सक्रिय हुने कुरा उपयुक्त होइन : प्रकाशशरण महत

राष्ट्रपति भइसकेका व्यक्ति पुनः राजनीतिमा सक्रिय हुने कुरा उपयुक्त होइन : प्रकाशशरण महत

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति भइसकेका व्यक्ति पुनः राजनीतिमा सक्रिय हुने कुरा उपयुक्त नभएको प्रतिक्रिया दिएका छन् ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा शनिबार गरेकी थिइन् ।

डा. महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टीभन्दा माथि हुने भएकोले पुनः राजनीतिमा सक्रिय हुनेकुरा राम्रो नहुने बताए ।

कांग्रेसले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077