काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालका बारेमा नबोल्न, नलेख्न निर्देशन दिएको छ ।
पार्टीका महासचिव घनश्याम भुसालले पार्टीको आधिकारिक धारणासँग बाँझिने गरी नबोल्न निर्देशन दिएका हुन् ।
अध्यक्ष नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका विषयमा जेठ २२ गते प्रेस विज्ञप्तिमार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको समेत जनाएका छन् ।
पतञ्जली जग्गा प्रकरणमा मुद्दा दायर भएपछि नेपालको सांसद पद निलम्बन भएको छ । पार्टी नेतृ रामकुमारी झाँक्रीले शनिबार अर्ली महाधिवेशन गरेर पार्टीको अध्यक्ष फेर्ने प्रस्ताव गरेकी थिइन् ।
उनले मरेको सिनो काधँमा बोक्न नसकिने भन्ने गम्भीर अभिव्यक्ति दिएपछि आलोचना भइरहेको छ ।