Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भारी वर्षासँगै मोहना नदीमा बाढी, बेलुकासम्म सतर्कता अपनाउन अनुरोध

भारी वर्षासँगै मोहना नदीमा बाढी, बेलुकासम्म सतर्कता अपनाउन अनुरोध

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । भारी वर्षासँगै कैलालीको मोहना नदीमा सोमबार बिहान बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मोहनाको जलसतह सतर्कता तह आसपास रहेको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा यस दिन बेलुकासम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“असार १६, बिहान ७ः२५ बजे । कैलाली जिल्लास्थित मोहना नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले बेलुकासम्म सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077