Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

शेखर कोइरालाको आक्रोश - मेरो सहनशीलता र भद्रतालाई कमजोरी ठानियो, अब चुप लाग्दिनँ

शेखर कोइरालाको आक्रोश - मेरो सहनशीलता र भद्रतालाई कमजोरी ठानियो, अब चुप लाग्दिनँ

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउँदै अब चुप नबस्ने चेतावनी दिएका छन् ।

सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले पार्टी सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूको कार्यशैलीमाथि गहिरो प्रश्न उठाएका हुन् ।

उनले १४ औं महाधिवेशनपछि आफूले देखाएको संयमता र एकताको प्रयासलाई नेतृत्वले कमजोरीको रूपमा लिएको भन्दै अब चुप नलाग्ने संकेत दिएका छन् ।

डा. कोइरालाले आफू भागबन्डाको राजनीतिबाट टाढा रहेर पार्टी एकताको पक्षमा उभिँदा त्यसलाई कमजोरीको रूपमा व्याख्या गरिएकोमा दुःख व्यक्त गरे।

‘मैले आज बाध्य भएर भनिरहेको छु। पार्टीमा एकता होस्, गुटबन्दी र भागबन्डाले कांग्रेस कमजोर नबनोस् भनेर चुप बसेँ,’ उनले भने, ‘मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो ।’

कोइरालाले महाधिवेशनको सुनिश्चितता, अस्पष्ट गठबन्धन नीति, अनुशासन समिति र भातृ संस्थाहरूको अलपत्र अवस्थाजस्ता विषयमा एकपछि अर्को धारिलो प्रश्न उठाउँदै नेतृत्वलाई चित्तबुझ्दो जवाफ दिन कडा माग गरेका थिए । कोइरालाले पार्टीको १५ औं महाधिवेशन २०८२ मंसिरमा हुनुपर्ने अडान दोहोर्‍याए । ‘म अहिले पनि दृढ छु, २०८२ मंसिरमै महाधिवेशन गर्नुपर्छ,’ उनले भने, ‘यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन, सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्‌दो जवाफ दिनुपर्‍यो ।’

नेता कोइरालाले गठबन्धन निर्माण र विघटनमा पार्टीले स्पष्ट नीति लिन नसकेको भन्दै नेतृत्वलाई प्रश्न गरे। ‘२०७९ मा माओवादीसँग गठबन्धन गर्‍यौँ, अहिले एमालेसँग सरकारमा छौं । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ?’ उनले थपे, ‘संविधान संशोधनका लागि यो गठबन्धन हो भने सात बुँदे सहमतिमा भएको त्यो बुँदा कहाँ पुग्यो ? सभापतिज्यूले यसको चित्त बुझ्ने जवाफ दिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077