Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ ।

आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

यद्यपि, खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ । बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निगमका अनुसार, भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आइतबार प्राप्त नयाँ मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर ७.६४ रुपैयाँ, डिजेलमा ९.१३ रुपैयाँ र हवाई इन्धनमा ६.८८ रुपैयाँले बढेर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077