Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

भ्रष्टाचार मुद्दा दायर भएपछि माधव नेपालले पदमा टाँसिरहनु नैतिकहराम कार्य हो : सूर्य थापा

भ्रष्टाचार मुद्दा दायर भएपछि माधव नेपालले पदमा टाँसिरहनु नैतिकहराम कार्य हो : सूर्य थापा

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालको पद लोलोपुता ज्यादै अशोभनीय र मजाकपूर्ण देखिएको बताएका छन् ।

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नैतिकताका आधारमा पार्टीको नेतृत्व परित्याग गर्नुपर्ने नेता नेपालले पदमै बसेको भन्दै थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत चर्को आलोचना गरेका हुन् ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै संसदबाट निलम्बित नेता नेपालले पार्टीको अध्यक्ष पद भने छोडेका छैनन् । सोही विषयमा पार्टीभित्र विरोध भइरहेको प्रसंग उल्लेख गर्दै थापाले नेता नेपालको विरोध गरे ।

थापाले फेसबुकमा लेखेका छन्, ‘‘अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि पनि पदमा टाँसिरहनु नैतिकहराम कार्य हो। यो अरूलाई सिकाउने र आफूले चाहिँ मनपरि गर्ने द्रैधचरित्रको प्रदर्शन किमार्थ पनि होइन ! जीवनको उत्तरार्धमा कस्तो देखिने, सुनिने र लेखिने उहाँ लगायत सम्बन्धित व्यक्तिहरूले नै स्वघोषणा गर्नु उचित हुन्छ। पार्टी फुटाएर बनाएको सानो टुक्राको मुखिया भइरहने रहिरहने पदलोलुपताले नैतिकताको हुर्मत लिएको दृश्य परिदृश्य ज्यादै अशोभनीय र मजाकपूर्ण भएको छ।’’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077