Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु सार्वभौम संसदप्रति गरिएको अपमान : शेखर कोइराला

निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु सार्वभौम संसदप्रति गरिएको अपमान : शेखर कोइराला

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु घोर अपराध भएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै कोइराला यस्तो बताएका हुन् । उनले सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभइ देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान भएको बताए ।

यस प्रकारणमा जोडिएकालाई हदैसम्मको कारबाही अगाडि बढाएर परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजान आग्रह समेत गरे। कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका कामकारबाही अगाडि बढ्नु नहुने कोइरालाको भनाइ छ।

'सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो। यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ। कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका कामकारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन,' उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077