काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रका) का अध्यक्ष राजेन्द्र लिङ्देनले निजामती सेवा विधेयकको दफा हेरफेर गरिनु संसद र सांसदको अपमान भएको बताएका छन्।
अध्यक्ष लिङ्देनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘निजामती सेवा विधेयकको सबैभन्दा बेसी छलफल भएको र छलफलपछि सर्वसम्मतिले पारित भएको दफामा हेरफेर गरेर सार्वजनिक हुनु सामान्य विषय होइन। संसद र सांसदको अपमान हो। यो सामसुम पार्ने विषय होइन। गम्भीर छानबिन हुनुपर्छ ।’