Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कुलिङ पिरियडमा भएको बदमासीबारे संसदीय छानबिन समिति बन्नुपर्छ : गगन थापा

कुलिङ पिरियडमा भएको बदमासीबारे संसदीय छानबिन समिति बन्नुपर्छ : गगन थापा

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य गगन थापाले निजामति सेवा विधेयकमा भएको चलखेलबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने बताएका छन् ।

उनले भनेका छन्–‘संसदबाट एउटा समिति बनाइनुपर्छ । त्यो समितिले यो विषयलाई एकदमै छोटो समय दिएर, एउटा कार्यदेश दिएर, सत्य तथ्य पहिला पत्ता लगाउनुपर्छ ।’

महामन्त्री थापाले यो विषय एउटा मानवीय त्रुटि वा बदनियत राखेर गरिएको हो भन्ने सुरुमा छुट्याउनुपर्ने बताए ।

समितिबाट पारित भएको भन्दा फरक ढंगले विधेयक संसदमा पठाउँदा समिति सचिवालयाई दबाब आएको थियो भने पनि बाहिर ल्याउनुपर्ने उनको भनाई थियो ।

उनले भनेका छन्–‘यहाँ कसैले कसैलाई दोष दिएर उम्कन खोजेको होइन । अब कि सचिवालयले भन्नुपर्‍यो हामीलाई हामीले आफ्नो निर्णयहरू गर्दै गर्दा, आफ्नो प्रक्रियाहरू पूरा गर्दै गर्दा के कतैबाट अनुचित दबाब आयो, यो भयो, त्यो भयो भनेर उनीहरूले जान्ने कुरा हो, उनीहरूले भन्ने कुरा हो । तर, यसका निम्ति त के हुनुपर्‍यो भने, तत्कालै एउटा छानबिन समिति बनाउनुपर्छ, एकदम छोटो समय दिएर । त्यसले दूधको दूध, पानीको पानी छुट्याउनुपर्छ । नभए बाहिर अनेकन अफवाह, आरोप, प्रत्यारोप, आशंका रहने भयो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077