Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

थाइल्याण्डकी प्रधानमन्त्री पाटोङटार्न निलम्बित

थाइल्याण्डकी प्रधानमन्त्री पाटोङटार्न निलम्बित

मंगलवार , आषाढ १७, २०८२

एजेन्सी । थाइल्याण्डको राजनीतिक वृत्तमा फेरि एकपटक हलचल मच्चिएको छ । प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले पदबाट अस्थायी रूपमा निलम्बन गरेको छ ।

पूर्वकम्बोडियाली नेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि उनी विवादमा तानिएकी हुन् । उक्त कलमा पाटोङटार्नले थाइ सेनाको कमाण्डरप्रति अपमानजनक शैलीमा टिप्पणी गर्दै 'अंकल' सम्बोधन गरेकी थिइन् । यही अभिव्यक्तिलाई लिएर सैनिक निकाय र विपक्षी दलहरू आक्रोशित बनेका थिए।

टेलिफोन वार्ताको सार्वजनिक भएपछि उनीमाथि राजीनाको चर्को दबाब सिर्जना भयो । परिणामस्वरूप अदालतमा उनीविरुद्ध बर्खास्तको मागसहित निवेदन दायर गरियो। अदालतले प्रारम्भिक सुनुवाइपछि उनलाई निलम्बन गर्ने निर्णय सुनाएको हो।

यस घटनापछि राजधानी बैंककमा हजारौं नागरिक सडकमा ओर्लिएर उनको राजीनाको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । यद्यपि सिनावात्राले फोन कलबारे सार्वजनिक माफी मागेकी छिन् ।

पाटोङटार्न सिनावात्रा सन् २०२४ को जुलाई १६  मा थाइल्याण्डको पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077