Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

निजामति विधेयकमा गम्भीर षड्यन्त्र भयो, बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड

निजामति विधेयकमा गम्भीर षड्यन्त्र भयो, बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् ।

मंगलबार पेरिसडाँडामा आयोजित वाइसिएल नेपाल (योङ कम्युनिष्ट लिग) को केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए। उनले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए ।

'परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। आज तपाईंहरूले संघीय निजामति विधेयकमा पनि हेर्नुभएको छ,त्यसमा षड्यन्त्र भएको छ,'उनले भने,'यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी,चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं।'

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लामो समय छलफल गरेर कर्मचारीलाई अवकाशको दुई वर्षसम्म कुलिङ पिरियड राख्ने व्यवस्थासहितको विधेयक प्रतिनिधि सभामा पेश गरेको थियो। पारित हुँदा ’बाहेक’ भन्ने शब्द राखिएको पाइएपछि चौतर्फी आलोचना सुरू भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077