Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

विनोद चौधरीको चुनौती - राजनीतिमा व्यवसायी नचाहिने हो भने ढोका बन्द गरेर देखाउनुस्

विनोद चौधरीको चुनौती - राजनीतिमा व्यवसायी नचाहिने हो भने ढोका बन्द गरेर देखाउनुस्

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा व्यवसायी नेता विनोद चौधरीले फरक पेसा र पृष्ठभूमिबाट आएका व्यक्तिलाई कांग्रेस राजनीति प्रवेशमा अवरोध गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन् ।

सोमबार बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले चौधरीको केन्द्रीय सदस्यतामाथि प्रश्न उठाएपछि मंगलबार चौधरीले ती टिप्पणीको जवाफ दिएका हुन् ।

“शेखरजीको भनाइबाट कांग्रेसको सोच के हो भन्ने देखिन्छ,”चौधरीले भने, “उहाँले कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा गर्नुभयो । यदि किसानले कृषि मन्त्रालय, डाक्टरले स्वास्थ्य मन्त्रालय, र अर्थतन्त्र बुझ्ने व्यवसायीले अर्थ मन्त्रालय सम्हाल्दा कन्फ्लिक्ट हुन्छ भन्ने हो भने हामीलाई राजनीतिको ढोका बन्द गरेर देखाउनुस् ।”

उनले राजनीतिक नेतृत्वको मापदण्ड जेल–नेल मात्र बनाउने हो भने कांग्रेसले फरक पेशा, प्रतिष्ठा र क्षमता भएका नागरिकलाई निरुत्साहित गरेको ठहरिने बताए ।

“खाली जेल र नेल खाएकालाई मात्र बनाउने हो भने यो केन्द्रीय समिति बैठकले निर्णय गरिदियोस्,” उनले चुनौती दिए । उनले जेलनेल खाएर आएका नेताको सम्मान गर्ने बताउँदै फरक पृष्ठभूमिबाट आएका नेता सधैँ गुटको शिकार बन्नुपर्ने हो ? भनी प्रश्न गरेका थिए ।

चौधरीले आफूले पार्टीको कानुनी प्रक्रिया पुर्‍याएर, अदालतबाट सफाइ पाएर, लोकतान्त्रिक तरिकाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको स्मरण गराउँदै नेताहरूको गैरजिम्मेवार अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरे ।

“चुनावमा पैसा चाहिने, चन्दा चाहिने बेला हामी सम्झनुपर्ने अनि राजनीतिको मूलधारमा आउँदा अपमानित हुने ? यो कस्तो नीति हो ?” भन्दै चौधरीले गुनासो पोखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077