Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसद्लाई बुख्याचा बनाउने चलखेल सह्य छैन : अजयबाबु शिवाकोटी

संसद्लाई बुख्याचा बनाउने चलखेल सह्य छैन : अजयबाबु शिवाकोटी

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा गरिएको संशयपूर्ण फेरबदलप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले तीव्र असन्तुष्टि जनाएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै शिवाकोटीले प्रतिनिधिसभाबाट पारित विधेयकको मर्म विपरीत गरिएको छेडखानीलाई ‘संसद्को अपमान’ भनेका छन्।

“लोकतान्त्रिक विधि र संसदप्रति विश्वासमाथि ठाडो प्रहार भएको छ,” शिवाकोटीले लेखेका छन्, “केही व्यक्तिको साँघुरो स्वार्थका लागि विधेयकमा तोडमोड गरिएको देखिन्छ।”

प्रतिनिधिसभाले निजामती सेवामा अवकाशपछि दुई वर्षसम्म पुनः नियुक्ति दिन नपाइने प्रावधानसहित विधेयक पारित गरेको थियो। तर, अन्तिम अवस्थामा ‘बाहेक’ भन्ने शब्द जोडिएर आएको संशोधनले विधेयकको मर्म नै तोडिएको भन्दै चौतर्फी आलोचना चुलिएको छ।

शिवाकोटीले विधेयक छलछाम गरी संसद्लाई गुमराहमा पारिएको भन्दै त्यसमा संलग्न पक्षहरूको पहिचान गरी कारबाही गर्न माग गरेका छन्। “संसद्लाई बुख्याचा बनाउने यस्ता चलखेल अब सह्य छैन,” भन्दै उनले तत्काल संसदीय छानबिन समिति गठन गर्न आग्रह गरेका छन्।

उनले लेखेका छन्, “संसदबाट पारित निर्णयलाई लुकिछिपि उल्ट्याउने प्रवृत्तिले संसदीय प्रणालीमाथि नै प्रश्न उठ्छ। आजैदेखि यस्तो प्रवृत्तिलाई रोकिनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077