Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

बहुराष्ट्रिय कम्पनीलाई नेपालको कृषि क्षेत्रमा लगानी गर्न परराष्ट्रमन्त्री राणाको आग्रह

बहुराष्ट्रिय कम्पनीलाई नेपालको कृषि क्षेत्रमा लगानी गर्न परराष्ट्रमन्त्री राणाको आग्रह

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेकी छन् ।

राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औं महासभाअन्तर्गत आज आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरूमार्फत विश्व बजारबाट लाभ लिन आग्रह गरिन् ।

'कृषिमा निजी क्षेत्रको संलग्नता बढाउने सरकारको नीति बमोजिम ठूला निजी कम्पनीहरूले कृषिमा लगानी गर्न थालेका पनि छन्। तर, पनि ठूलो लगानी तथा कृषिमा आधुनिकीकरणको अभावमा पर्याप्त सम्भावनाका बावजुत पनि नेपालले बृहत् मात्रामा कृषि उपजहरू निर्यात गर्न सकिरहेको छैन। हामीलाई यस क्षेत्रमा ठूलो वैदेशिक लगानीको आवश्यकता छ,' उनले भनिन्।

मन्त्री राणाले अन्तर्राष्ट्रिय सहयोग एवं सहकार्यबाट कृषि क्षेत्रलाई नवप्रवर्तन, कृषिमा एआइको प्रयोग, खेती गर्न ड्रोन आदि प्रविधिको प्रयोग गरी कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरणका साथ आकर्षक बनाउन नेपाल सरकार लागिपरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077