Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कुलिङ पिरियडबारे मन्त्री गुप्ताको टिप्पणी : सभापतिजीले मेरो जानकारी बिना प्रतिवेदन हाउसमा पेस गर्नुभयो

कुलिङ पिरियडबारे मन्त्री गुप्ताको टिप्पणी : सभापतिजीले मेरो जानकारी बिना प्रतिवेदन हाउसमा पेस गर्नुभयो

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट पारित संघीय निजामती सेवा विधेयकमा अनधिकृत रूपमा गरिएको ‘कुलिङ अफ पिरियड’ हेरफेरप्रति कडा आपत्ति जनाउँदै छानबिनको माग गरेका छन् ।

आइतबार संसदबाट बहुमतले पारित भएको उक्त विधेयकमा मूल उद्देश्य र आशय विपरीत ढंगबाट हेरफेर भएको भन्दै मन्त्री गुप्ताले त्यसलाई ूसार्वभौम संसदको अपमानू भनेका छन् । उनले सभामुख देवराज घिमिरेलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्।

“यो सामान्य घटना होइन, संसदको नै गरिमा मिचिएको छ। दोषीमाथि तत्काल कारबाही हुनु पर्छ,” मन्त्री गुप्ताले भने।

गुप्ताका अनुसार विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भइसकेको थियो र त्यसलाई असार २ गते पेस गर्ने तयारी भइरहेको थियो। तर, सभापति रामहरि खतिवडाले असार १ गते नै हतारमा प्रतिवेदन संसदमा पेस गरे, जुनबारे मन्त्रीसहित समितिका अन्य सदस्यहरूलाई जानकारी नदिइएको उनले दाबी गरे।

“समितिका सभापति र म मन्त्रालयमै बसेर विधेयक हेर्ने तयारीमा थियौं। तर सभापतिजीले हाम्रो जानकारी बिना प्रतिवेदन हाउसमा पेस गर्नुभयो,” गुप्ताले भने। मन्त्रीलाई नै झुक्क्याएर प्रतिवेदन पेस गरिनु गम्भीर आशंकाको विषय भएको मन्त्री गुप्ताको भनाइ छ।

उनले यो घटनालाई गम्भीर षड्यन्त्रको संकेतका रूपमा लिँदै भने, “मन्त्रीलाई झुक्याएर विधेयक पास गर्ने काम भएछ भने त्यो लोकतान्त्रिक अभ्यासमाथिको प्रहार हो।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077