Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार भएको डोनाल्ड ट्रम्पको दाबी

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार भएको डोनाल्ड ट्रम्पको दाबी

बुधवार , आषाढ १८, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्ध विरामका लागि तयार भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले इजरायलले गाजामा युद्ध विरामका लागि गरेको प्रस्ताव स्वीकार गरेको दाबी गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले गाजामा हुने ६० दिने युद्ध विरामको समयमा युद्धको पूर्ण अन्त्यका लागि प्रयास गर्ने बताए ।

उनको पोस्टमा कतार र इजिप्टले युद्ध विरामका लागि धेरै प्रयास गरेकाले पूर्ण शान्तिका लागि धेरै मिहिनेत गर्नु परेको उल्लेख गरे ।

ट्रम्पले हमासले अझ धेरै खराब अवस्था आउन नदिनका लागि यसलाई स्वीकार गर्ने विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077