Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

विवादित निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबल

विवादित निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबल

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । विवादित निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबल भएको छ।

बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले निजामती सेवा विधेयक टेबल गरेका हुन्।

आइतबार उक्त विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको थियो।

संसदीय समितिमा लामो छलफलपछि संघीय निजामती विधेयक समितिबाट पारित हुँदा एउटा विषय र प्रतिनिधिसभाबाट पारित हुँदै अर्कै भएर आएपछि अहिले चर्को आलोचना भइरहेको छ।

अब राष्ट्रिय सभाले उक्त विषयलाई सच्च्याउनुपर्ने आवाज उठिरहेका छन्।

राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरू अवकासमा गएपछि वा राजीनामा दिएपछि दुई वर्षसम्म कुनै संवैधानिक वा सरकारी नियुक्ति नपाउने समितिले निर्णय गरेको थियो।

सोही निर्णयअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो।

तर,त्यसलाई हेरफेर गरी अर्को दफासमेत समावेश भएर आएपछि चर्को विरोध मात्रै भएको छैन समितिका सभापतिले राजिनामा दिनुपर्ने र संसदीय छानविन समिति नै बनाउनुपर्ने आवाज उठिरहेका छन् ।

निजामती सेवासम्बन्धी विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा जालझेल गरिएको भन्दै राज्यव्यवस्था समितिका सभापति र सांसदप्रति चौतर्फी प्रश्न उठेका छन्।

अवकाश पाएका वा राजीनामा दिएका विशिष्ठ श्रेणीका कर्मचारीका लागि २ वर्ष कुलिङ पिरियड राखिएकोमा ‘बाहेक’ शब्द घुसाएपछि विवाद भएको हो ।

मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलमा नेकपा एमाले,नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीका सांसदले पनि तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

‘बाहेक’ शब्द घुसाएर अवकाशप्राप्त वा राजीनामा दिएका मुख्यसचिवसहित सचिव र सहसचिवका लागि कुलिङ पिरियड लागू नहुने गरी व्यवस्था गरिएको भन्दै सांसदले संसदीय समिति छानबिनको माग गरेका छन्।

सांसदले मात्र होइन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा भएको हेरफेरमाथि छानबिन गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077