Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बेलिब्रिज उद्घाटन गर्न हुम्ला जाँदै प्रधानमन्त्री ओली

बेलिब्रिज उद्घाटन गर्न हुम्ला जाँदै प्रधानमन्त्री ओली

बुधवार , आषाढ १८, २०८२

हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओली हिमाल पारीको जिल्लला हुम्लामा निर्माणाधिन पुल उद्घाटन गर्न जाने भएका छन् ।

कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओेली असार २२ गते हुम्ला जाने भएका हुन् ।

नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज तथा एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले प्रधानमन्त्री ओली पुल उद्घाटनका लागि हुम्ला आउने तय भएको बताएका छन् ।

प्रधानमन्त्री शर्मा ओेली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल हुम्ला जाने कार्यक्रम तय भएको बताइएको छ ।

बेलिब्रिज पुल सञ्चालनमा आएसँगै हुम्ला जिल्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077