Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सेवासुविधा फिर्ता

एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सेवासुविधा फिर्ता

बुधवार , आषाढ १८, २०८२

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले प्राप्त गरिरहहेको सरकारी सेवासुविधा फिर्ता गर्न निवेदन दिएकी छन् ।

उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गर्न निवेदन दिएकी हुन् ।

भण्डारीलाई अहिले सरकारले दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिर्ने गरेको छ । गाडी नलिए पनि इन्धन खर्च पनि सरकारले बेहोर्ने गरेको छ ।

बुधबारदेखि लागू हुने गरी सेवा सुविधा फिर्ता गरिएको व्यहोरासहितको पत्र राष्ट्रपति भण्डारीले स्वकीय सचिव राजकुमार राईमार्फत् गृह मन्त्रालयमा पठाएको उनको सचिवालयले जनाएको छ।

सरकारले पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, घरभाडा, इन्धन, पत्रपत्रिका खर्च, टेलिफोन खर्च, अतिथि सत्कार खर्च, बिजुली, पानी र इन्टरनेटको खर्च तथा सचिवालय (उपसचिव, गाडी चालक र कार्यालय सहयोगी) लगायत सेवा सुविधा दिने गरेको छ।

पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेयता सरकारले दिने तलब, निवास खर्च लगायत लिएकी छैनन् ।

भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा एमालेको सक्रिय राजनीतिमा फर्किन पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077