Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुदूरपश्चिमको ३३ अर्ब ४७ करोडको बजेट सर्वसम्मतिले पारित

सुदूरपश्चिमको ३३ अर्ब ४७ करोडको बजेट सर्वसम्मतिले पारित

बुधवार , आषाढ १८, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको ३३ अर्ब ४७ करोड रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको छ। तर, बजेट पारित हुनुअघि सत्तारूढ गठबन्धनभित्रकै सांसदहरूले आपत्ति जनाउँदै गम्भीर आरोपसमेत लगाएका छन् ।

बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापाले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै पारितका लागि प्रस्ताव पेस गरेका थिए ।

उनले प्रस्तुत गरेको बजेटमध्ये ५९.२५ प्रतिशत (१९ अर्ब ८३ करोड रुपैयाँ) पुँजीगत खर्चतर्फ र ३०.४९ प्रतिशत (१० अर्ब २० करोड रुपैयाँ) चालू खर्चतर्फ विनियोजन गरिएको छ ।

तर, बजेटमाथिको छलफलमा सहभागी सत्तारूढ नेकपा एमाले का सांसद धर्मराज पाठकले बजेट प्रक्रियामा बदमासी भएको गम्भीर आरोप लगाए ।

सांसद पाठकले बजेटमार्फत कमाउधन्दा भइरहेको दाबी गर्दै भौतिक पूर्वाधार मन्त्रालयप्रति नैतिक प्रश्नसमेत उठाए । प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अभिव्यक्ति थप विवादमा तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077