Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

दोहोरो अंकले बढ्यो नेम्से, पौने १० अर्बको कारोबार

दोहोरो अंकले बढ्यो नेम्से, पौने १० अर्बको कारोबार

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३४.४२ अंकले बढेको छ ।
कारोबार साताको तेस्रो दिन मंगलबार २८.९१ अंकले बढेको नेप्से आज ३४.४२ अंकले बढ‍ेर २६९४.८२ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इण्ड‍ेक्स १.२० प्रतिशतले बढेर ४६२.२७ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ।

यसदिन ९ अर्ब माथिको सेयर कारोबार भएको छ। मंगलबार ७ अर्ब ३ करोडको कारोबार भएको थियो। त्यसअघि साताको पहिलो कारोबार दिन आइतबार र दोस्रो कारोबार दिन सोमबार पनि नेप्से वृद्धि भएको थियो।

आज ३१६ स्क्रिप्सको २ करोड ९७ लाख ७६ हजार ६०४ कित्ता सेयर ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँमा खरिदबिक्री भए।

ग्रीन डेभलपमेन्ट बैंक,नेपाल इन्स्योरेन्स र खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सबै समूहको उपसूचकमा हरियाली छाएको छ। कोरोबारमा आएकामध्ये १८२ स्टक्सको मूल्य बढ्दा ६५ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077