Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सरकार ढाल्न खोजेका होइनौं, आफैं ढल्छ : माओवादी केन्द्र

सरकार ढाल्न खोजेका होइनौं, आफैं ढल्छ : माओवादी केन्द्र

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकार ढाल्ने कुनै षड्यन्त्रमा आफूहरू संलग्न नरहेको स्पष्ट पारेको छ । तर, सत्तापक्षमै देखिएको गहिरो अन्तरविरोधकै कारण वर्तमान सत्ता गठबन्धन लामो समय नटिक्ने दाबी माओवादीले गरेको छ ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले कांग्रेस–एमाले नेतृत्वको सरकारलाई निरन्तरता दिने पक्षमा आफूहरू रहेको बताए। “हामी यो सरकारलाई ढाल्न खोजेका होइनौं । निरन्तरता पाओस् भन्ने चाहन्छौं । तर, सत्तापक्षका सांसदहरू नै अहिले सरकारविरुद्ध तछाडमछाड गरिरहेका छन्,” सापकोटाले भने, “यो सरकार आफ्नै अन्तरविरोधका कारण ढल्छ, धेरै दिन टिक्दैन।”

सापकोटाले हालैको कुलिङ अफ पिरियडसम्बन्धी घटनालाई ‘राष्ट्रिय लज्जा’को विषय भन्दै त्यसमा संघीय संसदको नेतृत्वले जवाफदेही लिनुपर्ने बताए।

“समितिमा सर्वसम्मतिले पारित भएको विषय उल्टाएर जालसाजी गरिएको छ, जुन गम्भीर छ,” उनले भने, “सरकारले गाईजात्रा देखाइरहेको छ।” त्यस्तै, शिक्षा विधेयक पनि सत्तारूढ दलकै कारण अड्किएको माओवादीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077