Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

गगन थापाले अख्तियार लगाएर आफूलाई फसाएको मोहन बस्नेतको आरोप

गगन थापाले अख्तियार लगाएर आफूलाई फसाएको मोहन बस्नेतको आरोप

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले आफूलाई महामन्त्री गगन थापाले फसाएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य बस्नेतले आफू फस्नुमा महामन्त्री थापा नै प्रमुख पात्र रहेको दावी गरे ।

उनले भने–‘महामन्त्री गगन थापा टेरामक्स प्ररणमा मविरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्‌मै पनि लाग्नुभयो । तपाईंकै कारणले मविरुद्ध अख्तियारले छानबिन गर्‍यो।’

ढिलोछिटो पालो सबैको आउँछ भन्दै उनले भने मविरुद्ध लाग्ने तपाईं हैन ? ढिलोछिटो पालो सबैको आउँछ। हेरौँला कोही चोखो हुने वाला छैन, सग्लै चोखिने वाला कोही छैन।’

सिन्धुपाल्चोकमा एक्लै लडेर संगठन बनाएको व्यक्तिमाथि पार्टीकै नेतृत्व खनिन मिल्छ भन्दै प्रश्न गर्दै उनले भने–‘तपाईंले जति गरे पनि टेरामक्समा मेरो केही गल्ती छैन। तर मलाई धेरथोर बदनाम बनाउने काम भयो।’

बिशेष अदालतले पूर्व संचार तथा सूचना प्रबिधि मन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश दिइसकेको छ ।

विशेष अदालतले आइतबार बस्नेतमाथिको थुनछेक बहसपछि २५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

मोहन बस्नेत संचार मन्त्री हुँदा नेपाल दूरसंचार प्राधिकरणको टेरामक्स खरिदमा अनियमितता भएकाले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जेठ २०८२ मा बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले पूर्वमन्त्री बस्नेतसहित पूर्व कानुनसहित धनराज ज्ञवाली र प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित १८ जनाबिरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077