काठमाडौं । राष्ट्रियसभाको बैठकबाट भन्सार विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ ।
सभाको बुधबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट नियन्त्रण गर्ने तथा भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको बताए ।