Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

मोहन बस्नेतलाई 'फोहोर'को संज्ञा दिँदै गगन थापाले भने - म फोहोरी बन्न चाहन्न

मोहन बस्नेतलाई 'फोहोर'को संज्ञा दिँदै गगन थापाले भने - म फोहोरी बन्न चाहन्न

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले आफूमाथि लगाइएका आरोपलाई ‘गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित’ भन्दै कडा आपत्ति जनाएका छन् ।

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतबाट उठाइएका आरोपप्रति प्रतिक्रिया दिँदै थापाले ती आरोपलाई 'फोहोर' को संज्ञा दिएका हुन् ।

थापाले भने, “फोहोर चलाएर म फोहोरी बन्न चाहन्न।” उनका अनुसार बस्नेतको शैली राजनीतिक तह र सभ्यताको सीमा नाघ्ने खालको थियो । टेरामाक्स प्रकरणमा मुछिँदै धरौटीमा छुटेका बस्नेतले थापालाई लक्षित गर्दै केन्द्रीय समितिको बैठकमा आरोप लगाएपछि थापाले ती अभिव्यक्तिलाई “नैतिक पतनको चरम उदाहरण” भनेका हुन् ।

गगन थापाले भावनात्मक शैलीमा बाल्यकालको सम्झना गर्दै भने, “बाबा भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ। आमा भन्नुहुन्थ्यो, फोहोर नचलाउनु — फोहोर चलाए आफैँ फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु।”

थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै पार्टीभित्र असहिष्णुता, अभद्र व्यवहार र धम्कीपूर्ण बोलीको प्रवृत्तिमाथि चिन्ता व्यक्त गरे।

“म तरुण दलका अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ, तर मेरो अनुपस्थितिमा एक नेताबाट हुंकार मिश्रित धम्की दिइयो भन्ने सुन्दा दुःख लाग्यो। यो प्रवृत्ति लोकतान्त्रिक पार्टीमा होइन, निरंकुश संगठनमा देखिनुपर्थ्यो,” उनले भने। यसअघि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य बस्नेतले आफू फस्नुमा महामन्त्री थापा नै प्रमुख पात्र रहेको दावी गरेका थिए ।

उनले भने–‘महामन्त्री गगन थापा टेरामक्स प्ररणमा मविरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्‌मै पनि लाग्नुभयो । तपाईंकै कारणले मविरुद्ध अख्तियारले छानबिन गर्‍यो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077