काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू अहिले पनि आन्दोलनको तयारीमा रहेको बताएका छन् ।
राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा लिङदेनले यस्तो बताएका हुन् ।
उनले नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारीमा रहेको बताए ।
उनले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आमजनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन नसकेको बताए ।
पार्टीले गर्ने संगठनको सबै क्रियाकलाप आन्दोलनको तयारीको रूपमा नै बुझ्न उनले आग्रह गरे ।