Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, पतञ्जलि प्रकरण र रामकुमारीबारे छलफल हुने

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, पतञ्जलि प्रकरण र रामकुमारीबारे छलफल हुने

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । आज नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय (आलोकनगर) मा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा अध्यक्ष माधव नेपाललाई लागेको भ्रष्टारचा मुद्दा (पतञ्जलि जग्गा प्रकरण) सहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

यसैगरी अध्यक्ष नेपालविरुद्ध स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि बैठक छलफल हुनेछ।

झाँक्री केही दिनअघि लुम्बिनीमा अध्यक्ष फेर्नुपर्ने तथा ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन’ भनेकी थिइन् । त्यसपछि मंगलबार पार्टी अनुशासन आयोगले झाँक्रीलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077