काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संवैधानिक नियुक्तिविरुद्ध परेको रिटको निर्णयसँगै अन्योल अन्त्य भएको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले अब ती निकायले काममा तीव्रता दिनुपर्ने धारणा राखे ।
'संवैधानिक आयोगमा भएको नियुक्तिउपर परेको मुद्दाका कारणले उत्पन्न अन्योल अन्त्य भएको छ। अब ती निकायको काममा तीव्रताको अपेक्षा गरौं,' फेसबुकमा उनले लेखेका छन् ।
सर्वोच्च अदालतले साढे चार वर्षदेखि ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादलाई बुधबार मध्यरातमा टुंग्याएको थियो ।