काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक अहिले भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको बताएका छन् ।
पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेको दाबी गरेका हुन् ।
उनले मुलुक अभिभावकविहीन भएको चर्चा गर्दै यसैका कारण विदेशी हस्तक्षेप तथा चलखेल बढेको पनि बताए ।
छाडातन्त्र रोक्नको लागि अभिभावकको रूपमा राजसंस्था जरुरी भएको उनको भनाई छ ।
अहिले कसैको डरभर नभएकाले राष्ट्रद्रोही कामहरू समेत गर्न पछि नपरेको अवस्था देखिएको उनको धारणा थियो ।