काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको हो ।
जिल्ला कार्यसमितिले उम्मेदवारको सूची पठाएपछि पुन पार्टीमा छलफल हुनेछ ।
त्यस्तै बैठकले उपनिर्वाचनलाई प्रभावकारी व्यवस्थापन र परिणाममूखी बनाउन पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको बताइएको छ ।